मुलुकका अधिकांश भू-भागमा वर्षा हुने

मुलुकका अधिकांश भू-भागमा वर्षा हुने

केन्द्रबिन्दु
0
Shares

जल तथा मौसम विज्ञान विभागले अहिले देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ।विभागले मुलुकका अधिकांश भागमा आज पनि वर्षा हुने जनाएको छ। विभागका अनुसार मुलुकका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Skip This
Skip This
Logo