‘मत्स्यनारायण मेला’ आजदेखि सुरु

‘मत्स्यनारायण मेला’ आजदेखि सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको चन्द्रागिरि नगरपालिका-९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि सुरु भएको छ। तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ। 

यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ। एक महिनामा दुई वटा औँसी पर्‍यो भने उक्त महिनालाई पुरुषोत्तम (मलमास,अधिक) मास भन्ने धार्मिक तथा शास्त्रीय मान्यता रहिआएको छ। चन्द्रागिरि-९ का वडाध्यक्ष अच्युत अधिकारीले आजदेखि सुरु भएको मत्स्यनारायण मेला एक महिनासम्म चल्ने जानकारी दिए। 

मलमासको अवधिभर उक्त मेलामा नेपाल तथा भारतबाट समेत भक्तजन दर्शन गर्न आउने उनको भनाइ थियो। मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा/पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ। भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ।

Skip This
Skip This
Logo