ललितपुरको लेलेमा करेन्ट लागेर एक जनाको मृत्यु

ललितपुरको लेलेमा करेन्ट लागेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ललितपुरको गोदावरी नगरपालिका,लेले भञ्जाङ सौराहामा हाइटेन्सनलाइनको तार चुँडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान बाटोमा हिँड्दै गरेका ललितपुर गोदावरी नगरपालिका वडा नम्बर पाँच लेले भञ्जाङ सौराहाका स्थानीय राजु तामाङको हाइटेन्सनलाइनको तार चुँडिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो। 

२६ वर्षीय तामाङ बिहानपाँच बजे बाटोमा हिँड्दै गर्दा तार चुँडिएको स्थानीयको भनाई छ। विद्युत प्राधिकरणले उक्त क्षेत्रमा रहेको ११ हजार भोल्टेजको हाइटेन्सनलाइनलाई व्यवस्थित नगर्दा मानवीय क्षति भएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। 

विद्युत प्राधिकरण ललितपुर शाखामा पटक पटक हाइटेन्सनलाइन व्यवस्थित गर्न तथा रुख कटानका लागि स्थानीयले आग्रह गर्दा व्यवास्था गरेको कारण घटना घटेको  स्थानीय यादव महतले बताए।
 
उनले भने,‘११हजार भोल्टेजको हाइटेन्सनलाइन यो क्षेत्रमा अव्यवस्थित रुपमा छ। बिहान पाँच बजे बाटोमा हिँडिरहेका राजुको मृत्यु भयो। पटक पटकतार चुँडिने लगायतका घटना हुँदै आएको छ।स्थानीयले बारम्बार त्यसको व्यवस्थापनको लागि विद्युत प्राधिकरणलाई आग्रह गर्दा पनि प्राधिकरणले वेवास्ता गर्दै आएको छ।’

Logo