गिटी बालुवा उत्खनन गर्ने जेसिबी र टिप्परसहित चालक प्रहरी नियन्त्रणमा

गिटी बालुवा उत्खनन गर्ने जेसिबी र टिप्परसहित चालक प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

बकैया खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खनन गर्दै गरेको अवस्थामा निजगढबाट प्रहरीले नियन्त्रणमा लिएको एउटा जेसिबी र दुईवटा टिप्परलाई जिल्ला समन्वय समिति बाराले १ लाख रुपैया जरिवाना तिराएको छ। 

निजगढ काठमाण्डौं द्रूतमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले निजगढ ४ स्थित बकैया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दैगरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढले नम्बर नभएको एउटा अनटेष्ट जेसिबी, प्रदेश २-०३-००१ ख २८३२ र प्रदेश २-०३-००१ ख ४९५७ नम्बरको दुईवटा टिप्परका चालक निजगढ नगरपािलका वडा नम्बर ४ बस्ने वर्ष ४३ का रोहित चौधरी र वर्ष ४४ का वीरवल थारुलाई सोमबार बिहान २ बजे नियन्त्रणमा लिएर जिल्ला समन्वय समिति बारामा बुझाएको थियो। 

जेसिबी चालक अन्दाजी वर्ष ४७ का चीनिया नागरिकको भने नाम थर खुल्न नसकेको निजगढ प्रहरीले जानकारी दिएको छ। फास्टट्याक निर्माणको ठेक्का लिएको चीनिया कम्पनीले निषेधित अवधिमा अवैध रुपमा राति उत्खनन गरेको पाइएपछि साधन र त्यसका चालकलाई नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिमा बुझाएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। 

चिनियाँ कम्पनीले भने फास्टट्याकको सर्भिस लेनमा भएको हिलो पुर्न खोलाबाट गिटीबालुवा निकालिएको दाबी गरेको प्रहरीले बताएको छ।वर्षायाममा गरिने उत्खननले बाढी पहिरोको जोखिम बढने भन्दै सरकारले केही वर्ष अघिदेखि असार १ गतेदेखि भदौ मसान्तसम्म खोलाबाट नदीजन्य पदार्थको उत्खनन गर्न रोक लगाउँदै आएको छ। 

Skip This
Skip This
Logo