भारतले फेरि खोल्यो धौलीगङ्गा बाँध, सतर्क रहन आग्रह

भारतले फेरि खोल्यो धौलीगङ्गा बाँध, सतर्क रहन आग्रह

केन्द्रबिन्दु
0
Shares

भारतले धौलिगङ्गा बाँध पुनः खोलेको छ। बाँध आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका लागि खोलिएकोले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

भारतको उत्तराखण्डमा पर्ने धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको जिल्ला प्रशासन बैतडीले जारी गरेको सूचनामा उल्लेख छ।

सो समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताए।  यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियो।

Skip This
Skip This
Logo