इटहरीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

इटहरीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुनसरीको इटहरीमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी छन्।

कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति इटहरीको कान्छी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको थियो। प्रहरीका अनुसार मोटरसाइकल र पिकअप शुक्रबार राति १०ः४० बजे  ठोक्किएका थिए।

पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्ल्यु बी ७३ इ ९११७ को पिकअप भ्यानसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चार जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। उपचारका क्रममा तीनजनाको मृत्यु भएको हो। 

Skip This
Skip This
Logo