पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शनिबार बिहान बैतडीको ढाेल्यामाेड नजिक सडकमाथिबाट खसेकाे पहिरोले राजमार्ग अवरुद्ध भएकाे थियो।
डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सुचारु भएको हाे। राजमार्ग खुलेसँगै रोकिएका सवारीसाधन आ-आफ्नो गन्तव्यतिर लागेका छन्। वर्षाकाे समयमा यो राजमार्गको विभिन्न ठाउँमा खस्ने पहिरोले वेलावेला सडक अवरुद्ध हुने हुने गरेको छ। असारयता मात्रै याे राजमार्ग दशपटक अवरुद्ध भइसकेको छ।





























प्रतिक्रिया