मुगुमा दुई सातादेखि विद्युत सेवा अवरुद्ध छ । विद्युतको अभावमा अन्धकारमा बस्न बाध्य मुगुका नागरिकको दैनिकी पनि कष्टकर बनेको छ । सरकारी तथा अन्य महत्वपूर्ण कार्यालयको कामकाज पनि हुन पाएको छैन ।
मुगुमा करिब दुई सातादेखि विद्युत सेवा अवरुद्ध हुदाँ मुगु सदरमुकाम गमगढीलगायत आसपासका गाउँबस्ती रहेका ३ हजार भन्दा बढी घर अन्धकारमा छन । विद्युत सेवान हुदाँ नागरिको दैनिकी सकसमा छ । हरेक बर्ष बर्षाको समयमा गमगाढ विद्युत वितरण केन्द्रको मुहानपावर हाउसमा पटक–पटक समस्या आउने र विद्युत सेवा अवरुद्ध हुने गरेको छ । समस्या समधानको लागि काम हुने गरेको तर त्यो प्रभावकारी नहुँदा हरेक बर्ष मुगुवासीले यो अवस्थाको सामना गर्नुपर्छ । दीर्घकालीन रुपमा समस्याको समाधान नहुदाँ विद्युत सेवाबाट नागरिकले हरेक बर्ष सास्ती खेप्नु परेको छायाँ नाथ रारा नगरपालिका ६ का स्थानीय धनबहादुर भामले बताए ।
२०६८ सालमा स्थापना भएकोे गमगाढ विद्युत आयोजनामा पटक पटक समस्या आउने गरेको छ । जस्का कारण मुगुका ३ हजार १ सय ग्राहक प्रत्यक्ष मारमा परेका छन । विद्युत नहुदाँ सरकारी कामकाज सहित वित्तीय क्षेत्रको सेवमा पनि निकै बाधा पुगेको सिटिजन बैक शाखा मुगुका प्रमुख हेम बहादुर हमालले बताए ।
विद्युत गृहको मुहानमा बालुवा लेदो आउने गरेकाले नहर बन्दभई विद्युत उत्पादन बन्द भएको छ । पटक पटक बालुवा हटाउन प्रयास गरेपनि सम्भव नभएको र गतबर्षको बाढीका कारण खोलाले धार परिर्वतन गरेपछि बर्षातको समयमा भल आउने लेदो र बालुवाले नहर जाम हुने गरेको छ । जस्का कारण विद्युत उत्पादनमा समस्या हुने गरेको गमगाढ साना जलविद्युत आयोजनाका प्राविधिक छिरिङ लामाले बताए ।
विद्युत गृहमा पटक–पटक आउने अवरोध हटाउन गमगाढ विद्युत आयोजनाको दीर्घकालीन समस्या समधानका लागि कतैबाट पहल भएको छैन । गतबर्ष मुगु पुगेर विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्गले राष्ट्रिय प्रसारण लाइन यो असारमा पुर्याउँने उदघोष गरेपनि त्यो बोलीमा मात्र सीमित भयो । जस्का कारण विकासका दृष्टिले पछि परेको मुगुका स्थानीय अन्धकारमा बस्न बाध्य बन्दै आएका छन् ।





























प्रतिक्रिया