काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले विहिबार सामाजिक सञ्जाल फेसबुकमा भन्नलाई संसारकै सजिलो भन्ने कविता पोष्ट गरेका छन् ।
पछिल्लो समय कामका कारण चर्चामा आइरहेका मेयर बालेन सामाजिक सञ्जालमा आफ्नो विचारहरु प्रकट गरेर समय समयमा चर्चामा आइरहन्छन् । मेयर बालेन कहिले दलहरूलाई गाली गर्छन् । त कहिले न्यायालयलाई । आफूविरुद्ध आएका हरेक टीकाटिप्पणीको जवाफ उनले सामाजिक सञ्जालमार्फत नै दिँदै आएका छन्।
बालेनले शनिबार यसो भन्दै कविता लेखेका छन्।
भन्नलाई संसारकै सजिलो ,
हुनलाई एक्दमै गाह्रो ,
देखाउन एक्दमै सजिलो ,
देखिन साह्रैनै गाह्रो ,
सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथी ,
सबै कर्म भन्दा ठुलो , हरेक आँट भन्दा माथी ,
मृत्यु हरेक दिन, धान्न सबल छौ के त ?
एउटै मात्र छ प्रश्न ,असल छौ के त ?































प्रतिक्रिया