आजदेखी पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले पृथ्वी चोकदेखि सेती पुल (चाइनापुल) सम्मका सडक छेउमा पार्किङ गर्न लागेको हो।
पोखरा-१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाका अनुसार जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने गरे अनुसार आजदेखी पार्किङमा प्रतिबन्ध लगाउन लागेको हो। उनका अनुसार बसपार्क भित्र भोलीबाट कम्तिमा १ सय ५० सवारी साधान पार्किङ गर्न सकिने गरी ब्यवस्था मिलाइएको छ।





























प्रतिक्रिया