सुन तस्करी प्रकरणमा विमानस्थल भन्सार अधिकृतसहित ६ जना पक्राउ

सुन तस्करी प्रकरणमा विमानस्थल भन्सार अधिकृतसहित ६ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक अधिकृतसहित ६ जना प्रक्राउ परेका छन् ।  

पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्दसहित खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् भने भन्सार एजेन्टहरु यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा रहेका छन् । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । 

यस प्रकरणमा यसअघि भोजपुरको अरुण गाउँपालिका–४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल पक्राउ परेका थिए । उनकै नाममा रहेको रेडी ट्रेडमार्फत स्कुटरको ब्रेक सुमार्फत उक्त सुन भित्रिएको थियो । 

साथै दोलखा मेलुङ गाउँपालिका– ३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरकै अरुण गाउँपालिका–४ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जेक्युयाङ लिन,कृष्ण श्रेष्ठ, ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट र राजन श्रेष्ठ पक्राउ परेका छन् ।

त्यसैगरी ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पनि पक्राउ गरिएको छ। यो प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै विभागले अनुसन्धान तीव्र पारेको छ।

Skip This
Skip This
Logo