तीन नेपाली शेर्पासहित ७ जनाद्वारा लेलिन पिकको सफल आरोहण [तस्बिर र भिडियो]

तीन नेपाली शेर्पासहित ७ जनाद्वारा लेलिन पिकको सफल आरोहण [तस्बिर र भिडियो]

केन्द्रबिन्दु
0
Shares

तीन नेपाली शेर्पासहित सात जनाले किर्गिस्तानको चर्चित लेलिन पिकको सफल आरोहण गरेका छन् । 

सोलुखुम्बुका दारिन्जी शेर्पा, मिङ्मा टेन्डी शेर्पा, तेन्जिङ छोतर शेर्पालेसहित पोल्याण्डका दुई, अष्ट्रेलियाका एक र जर्मनीका एक आरोहीले सफलरुपमा किर्गिस्तानकै दोस्रो अग्लो ७ हजार १ सय ३४ मिटरको लेलिन पिकको आरोहण गरेका हुन् । 

उनीहरुले स्थानीय समय अनुसार शनिबार विहान १० बजेर ३० मिनेटमा सफल आरोहण गरेको आरोही दारिन्जी शेर्पाले जानकारी दिए । दारिन्जीले यो पिक आरोहण गरेको दोस्रो पटक हो भने मिङ्मा र तेन्जिङले पहिलो पटक आरोहण गरेका हुन् । 

विश्व चर्चित कम्युनिष्ट नेता लेलिनको मूर्तिसमेत रहेको यो पिक किर्गिस्तान र ताजकिस्तानको सिमामा पर्छ । ७ हजार मिटर भन्दा अग्लो हिमाल ट्रान्स अले हिमालय रेन्जको सबैभन्दा अग्लो यो पिक किर्गिस्तानको दोस्रो अग्लो हिमाल हो । 

तेन्जिङ छोतरले ९ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । त्यस्तै दारिन्जीले पाँच पटक र मिङ्माले तीन पटक सगरमाथा आरोहण गरेको अनुभव छ । 

नेपाली शेर्पाहरु विश्वका विभिन्न हिमाल आरोहणमा सहयोगीको रुपमा समेत पुग्ने गरेका छन् । विश्वका आरोहीका लागि नेपाली शेर्पाहरु पहिलो रोजाईमा पर्ने गरेको दारिन्जीको अनुभव छ । 

भिडियोको लागि यस लिंकमा क्लिक गर्नुहोस्

Skip This
Skip This
Logo