पोल्याण्ड पठाईदिन्छु भन्दै ठग्ने एकजना पक्राउ

पोल्याण्ड पठाईदिन्छु भन्दै ठग्ने एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कञ्चनपुर कृष्णपुर न.पा वडा नं. ०२ स्थाई घर भई हाल काठमाडौंको  महालक्ष्मी न.पा वडा नं. ०१ बस्ने ४२ वर्षका पुष्पराज जोशी रहेको प्रहरीले जनाएको छ । भगवती अधिकारीलाई वैदेशिक रोजगारीको लागि आकर्षक तलवसहित पोल्याण्ड पठाईदिन्छु भन्दै एक लाख पचास हजार रकम लिई सम्पर्कविहीन भएको आरोप छ । 

उजुरीको आधारमा खोजिका लागि खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका जोशीलाई थप अनुसन्धान लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo