बैतडीमा पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु, ३ जना घाइते

बैतडीमा पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु, ३ जना घाइते

केन्द्रबिन्दु
0
Shares

बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका- २ को भैरु टोलमा घर पुरिदा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय  छोरा रिजन जागरीको मृत्यु भएको प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख चौधरीका अनुसार मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन्। सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन्।

मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्। स्थानीयहरुका अनुसार घरमा पूर्ण क्षति पुगेको छ। करिब एक दर्जन चौपायासमेत मरेका वडा सदस्य कृष्ण बोहराले बताए।

Logo