कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उनले भने,“पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न  सकिँदैन।”
 

Skip This
Skip This
Logo