बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते

केन्द्रबिन्दु
0
Shares

चितवनकाे भरतपुर महानगरपालिका २९ चौध किलो पुलमा बुधबार बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते भएका छन्।

बसमा सवार २९ जनासहित ट्रक चालक पनि घाइते भएको चितवन प्रहरीले जनाएको छ। १८ जना घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा र १२ जनाको भने चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

घाइतेमध्ये बस चालक दाङको घोराही १० का २६ वर्षीय सुनिल पाण्डे र बसमा सवार ३५ वर्षीय पुरुषको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  

नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको रा १ ख २२ ३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक आपसमा ठाेकिएकाे हाे। 

Skip This
Skip This
Logo