तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० साउन ११ गते बिहीबार। २७ जुलाई २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। जोशजाँगर र उमंग बढ्ला। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल पनि उच्च रहनेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज भाग्यले साथ दिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सफल र रमाइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन पनि लाग्नेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
शुभकार्यको चर्चा चल्नेछ। साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्राविधिक कामबाट भने सफलता मिल्नेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज धर्मकर्ममा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। आकस्मिक धन लाभ हुनेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ।  सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। भूमिबाट लाभ पनि रहला।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
छोटो दुरीको लाभदायक यात्रा हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन्।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। स्वास्थ्यमा सुधार आउने देखिन्छ। शिक्षामा सफलता पनि पाइनेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। सफल यात्रा पनि हुनेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज यात्रा गर्दा सचेत हुनुपर्नेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। नजिकका व्यक्तिबाट धोका पाइएला, तर आर्थिक लाभ मिल्नेछ।

Skip This
Skip This
Logo