पाँच किलो अफिमसहित कोहलपुरबाट तीन जना पक्राउ

पाँच किलो अफिमसहित कोहलपुरबाट तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

बाँकेको कोहलपुरबाट पाँच किलो ३ सय ६८ ग्राम लागूऔषध अफिमसहित तीन जना पक्राउ परेका छन्।

कोहलपुर नगरपालिका वडा नम्बर-११ बसपार्कस्थित कोहलपुर कटेज रेस्टुरेन्ट एन्ड लजको कोठा नम्बर १०६ बाट ५ किलो ३६८ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

मंगलबार साँझ जुम्ला तिला गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय हरिप्रसाद भट्टराई, ३० वर्षीय देवीप्रसाद भट्टराई र ४० वर्षीय भवानीप्रसाद भट्टराई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

इलाका इन्चार्ज सुन्दर तिवारीका अनुसार पक्राउ परेका तीनै जनाले लागूऔषध अफिम कारोबार गरिरहेका छन् भन्ने विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ तथा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

Skip This
Skip This
Logo