प्रहरी बरिष्ठ हवल्दार सिंह घुससहित पक्राउ

प्रहरी बरिष्ठ हवल्दार सिंह घुससहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी प्रभाग बुढानिलकण्ठ,काठमाडौँमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार बिष्णु सिंहलाई एक लाख घुससहित पक्राउ गरेको छ।
 
खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारले हवल्दार सिंहलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ। 

श्रोत नखुलेको ६२ हजार ५१५ सहित उनलाई बुढानिलकण्ठ-२ बाट बुधबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ। 

Skip This
Skip This
Logo