महोत्तरीमा एकजना मिटरब्याजी पक्राउ

महोत्तरीमा एकजना मिटरब्याजी पक्राउ

केन्द्रबिन्दु
0
Shares

महोत्तरीको भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साह पक्राउ परेका छन्। मिटरब्याजी रघुवीर साहका छोरासमेत रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भएको छलफलमा विवाद गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो। कार्यालयमा अनुचित लेनदेन कार्यदलले छलफल गरेको थियो। जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ।
 

Logo