नदीमा डुबेर बालक बेपत्ता

नदीमा डुबेर बालक बेपत्ता

केन्द्रबिन्दु
0
Shares

डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन्। उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार  गरेका थिए ।

उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ ।  बेपत्ता सुशान्तको खोजीका  लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन्। दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ।

Logo