बलात्कार आरोपमा मध्यपहाडी लोकमार्गका निर्देशक इन्जिनियर पक्राउ

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्गका निर्देशक इन्जिनियर पक्राउ

केन्द्रबिन्दु
0
Shares

किशोरी बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरि कुमार पोखरेल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँकाे टाेलीले निर्देशक इन्जिनियर पोखरेललाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबाट पक्राउ गरेको हो । उनी उपचारका लागि भन्दै भर्ना भएर बसेका थिए । हाल नियन्त्रणमा लिएर पोखरेलमाथि अनुसन्धान गरिरहेको डिएसपी अनिल अधिकारीले जानकारी  दिए । 

पोखरेलमाथि आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप छ । केहीसमय अघि सामाजिक सन्जालमा आएर आफूलाई पोखरेलले घरमा कोही नभएको मौकामा पटकपटक यौन दुर्व्यवहार गरेको बताएकी किशोरीले कालीमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी पनि दिएकी थिइन् । 

Logo