पर्यटक लक्षित लुम्बिनीमा ४० लाख खर्चेर स्मार्ट शौचालय

पर्यटक लक्षित लुम्बिनीमा ४० लाख खर्चेर स्मार्ट शौचालय

केन्द्रबिन्दु
0
Shares

नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरी ‘स्मार्ट शौचालय’ निर्माण गरेको छ ।लुम्बिनी विकास कोषसँग सहकार्य गरी ४ नम्बर गेटमा पर्यटकलाई लक्षित गरी लैंगिकमैत्री शौचालय निर्माण गरेको हो।

कोरिया फाइनान्सियल इन्डस्ट्री फाउन्डेसन (केएफआइएफ) र युएनआई ग्लोबल युनियन एसियाको पहलमा आधुनिक प्रविधि जडान गरी करिब ४० लाख लागतमा शौचालय तयार पारिएको वित्तीय संस्था कर्मचारी सङ्घले जनाएको छ। सङ्घले शुक्रबार लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरी निर्माण गरिएको शौचालय लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छ।

हस्तान्तरण कार्यक्रममा कोरिया फाइनान्सियल इन्डस्ट्री फाउन्डेसनका अध्यक्ष प्रोफेसर पार्क जोन सिकले बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई सेवा दिने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तरगत शौचालय निर्माण गर्न पाउँदा खुसी लागेको बताए। लुम्बिनी आउने पर्यटकहरूलाई शौचालयले थप सहजता दिने उनले बताए।

कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष एवं कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बैङ्क तथा वित्तीय संस्थाका मजदुरहरूको लगानीमा निर्माण भएको शौचालयले पर्यटकहरूलाई सहजता थप्ने बताउँदै यसको दिगो सञ्चालन हुने व्यवस्था कोषले गर्ने प्रतिबद्धता जनाए।

कोभिडपछि सुस्ताएको पर्यटक आवागमनलाई गतिशील बनाउने गरी नीतिगत रूपमा काम गरेको बताउँदै लुम्बिनीको सरसफाइलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने अभियानमा लागेको समेत उनले बताए । १ सय ५० वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको शौचालय स्वचालिक र आधुनिक छ।

लैंगिक र अपाङमैत्रीसँगै महिलाहरुलाई स्यानिटरीप्याड समेत उपलब्ध हुने व्यवस्था गरिएको नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका महासचिव विकास श्रेष्ठले बताए। उनका अनुसार यस शौचालयमा दैनिक ५ सय पर्यटकहरूले लाभ लिनेछन्।

Skip This
Skip This
Logo