बझाङको बित्थडचिर गाउँपालिकामा करण ओखेडाले बनाइरहेको घर भत्काएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
सार्वजनिक जग्गामा घर बनाएको भन्दै घर भत्काएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। निर्माणधिन घर शुक्रबार केही स्थानीयले भत्काएर खेतीपाती समेत फडानी गरेका थिए।
घटनापछि ओखेडाका बुवाले आफूले लालपुर्जा भएको जमिनमै घर बनाएको तर स्थानीयले गैरकानुनी रूपमा घर भत्काइदिएको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएका थिए। २०५७ सालमै सो जमिन किनेको दाबी गरेका ओखेडाकाे परिवारले लालपुर्जासमेत सार्वजनिक गरेकाे छ ।
हाल केहीलाई पक्राउ गरेर प्रारम्भिक रूपमा बुझ्ने काम गरिरहेको प्रहरीले बताएको छ।































प्रतिक्रिया