महोत्तरीको सोनमामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चञ्चला कुमारी र भारत बिहारको सितामढी रामनगरका रामभजन मलिक डोमकी ५ वर्षीया छोरी अर्चना कुमारी छन्।
मावली गाउँ महोत्तरीको सोनमा गाउँपालिका ५ खैरबनी आएका दुवै बालिकाको शनिबार पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। प्रहरी निरीक्षक मनोज यादवका अनुसार आमाको साथमा मामा गाउँ आएकी अर्चना र चञ्चला शनिबार दिउँसो १ बजेदेखि ४ बज्जेसम्म सम्पर्कविहीन भएपछि खोजी सुरू गरिएको थियो। खोजतलासको क्रममा घरकै सामुन्ने रहेको रामविनय यादवको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक यादवले बताए।
दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।





























प्रतिक्रिया