ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ।

आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११प७३२० नम्बरको मोटरसाइकललाई सुप प्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। 

उक्त ट्याक्टरको ठक्करबाट घाइते भएका नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार राति साढे ९ बजे मृत्यु भएको हो।  ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

Logo