मौलिक बजार तथा मौलिक भान्सा घरका सञ्चालक सुमन दाहालले साउन १५ गतेलाई खिर उत्सवको रुपमा सात प्रदेशको प्रतिनिधित्व हुनेगरि खिर बनाएका बताएका छन् ।
उनले मौलिक बजार तथा मौलिक भान्सा घरले खिर खाने दिनको उपलक्ष्यमा सात प्रदेशको सात प्रकारको खिर उत्पादन गरेको र यसले सात प्रदेशलाई प्रतिनिधित्व गर्ने बताए ।
उनले भने, 'साउन १५ गतेका खिर दिनलाई खिर उत्सवको रुपमा सात प्रकारको खिर बनाएका छौँ । स्थान र भूगोलको रुपमा खाइने खिरहरुको परिकार बनाएका छौँ । सातप्रदेशलाई नै प्रतिनिधित्व गर्ने हिसाबले चिनो, कागुनो, चामलको विभिन्न प्रकारहरुबाट बन्ने खिर, फापरको च्याख्लाबाट बन्ने खिर, कोदोको च्याख्लाबाट बन्ने खिर, ढकनेभन्ने खिरलाई हामीले आज तयार गरेका छौँ ।'
यस्तै, उनले मौलिकबजार तथा मौलिक भान्सा घरले ७ सय ५३ वटा स्थानीयतहहरुको नामाकरण गरेर स्थानीय विशेषताअनुसार खाना र सामानहरुको पनि बजारीकरण गर्ने गरेको बताए ।
उनले भने, 'उत्पादन भएको वस्तु सिधैँ उपभोक्तासम्म पुर्याउनको लागि मौलिकबजार सञ्चालन गरिएको हो । मौलिक बजारभित्र ७ सय ५३ वटा कोठाहरु छन्, प्रत्येक स्थानीयतहको नामाकरण गरिएको छ, एक स्थानीय तह एक उत्पादनवस्तुमा काम गरिरहेका छौँ । स्थानीयतहमा जे विशेष उत्पादन हुन्छ त्यही मौलिक बजारमार्फत बजारीकरण गरिरहेका छौँ । यस्तै मौलिक भान्सा घर पनि छ, स्वादका लागि मात्रै होईन्, स्वास्थ्यका लागि पनि खाउ भन्ने यसको मूल उद्देश्य हो । सात विशेष परिकार बनाउने गर्दछ । यसले चौरासी वेन्जनको पनि प्रयास गरिरहेका छौँ ।'































प्रतिक्रिया