पाल्पा ।
पाल्पामा आज ४७ जना संक्रमित कोरोना संक्रमणबाट निको भएका छन् । जिल्लाका सक्रमित मध्ये रम्भा गाउँपालिकाका–१७ जना र रैनादेवी छहरा गाउँपालिकाका १२ जना गरी २९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
निको भएकालाई अस्पतालबाट गाडीमा राखेर घरमा पुर्याएको छ । हालसम्म रम्भा गाउँपालिकामा ३९ जना संक्रमण भएकोमा २५ जना निको भई घर फर्किसकेका छन् ।
रम्भा गाउँपालिकाका १७ जना लुम्विनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा उपचारत थिए । यस्तै माथागढी गाउँपालिकामा २ जना, रिब्दीकोट गाउँपालिकामा १ जना, रामपुर नगरपालिकामा २ जना निको भएका छन् ।





























प्रतिक्रिया