काठमाडौं महानगरपालिकाले कपन खोलामाथि राखिएको स्ल्याब हटाएर खोलालाई स्वतन्त्र बग्न दिने प्रयास गरेपछि सुरु भएको विवाद शुक्रबार पनि जारी छ ।
शुक्रबार पनि काठमाडौं महानगरपालिका -७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन महानगरको नगरप्रहरीको टोली कपनको साततले पुगेको छ । तर काठमाडौं महानगरपालिकाको कदममा कपनवासी विभाजित भएका छन । केही स्थानीयवासी महानगरको कदमको पक्षमा देखिँदा केही भने विरोधमा उत्रिएका छन् ।
केही स्थानीयवासीले खोलाले आंँखा देख्नुपर्ने धारणा राख्दै खोलाको व्यवस्थाप नगर्दा कोही पीडित भए नगरपालिकाले हेर्नुपर्ने बताएका छन् । उनले भने, ‘खोलाले आंँखा देख्नुपर्छ । खोलाखोला हुनुपर्छ । जनताको सुनुवाई हुनुपर्छ । राज्यले त्यसको व्यवस्थापन गर्नुपर्छ । पीडितलाई नगरपालिकाले व्यवस्थित गर्नुपर्छ । ’
अर्का स्थानीयले कपनमा सही र गलत के हो भन्ने नै छुट्याउन नसकिएको बताए । धरमरमा परेर बस्नुभन्दा स्थानीयतहका जनप्रतिनिधिले राजीनामा गर्नु नै उचितहुने उनको भनाइ छ ।
उनले भने- ‘यो हिजो हालेको ढल निकाल्ने दुई साईटबाट बाटो बनाएर खोलाको मापदण्ड कति छ त्यो अनुसार बनाएर जाउ त्यो मैले बुझेको छु । मेरो आलोचना एमाले हो चाहे उपमेयर होस चाहे मेयर, सहीलाई सहि, गलतलाई गलत भन्न सक्दैन भने किन बसिरहेको आजै राजीनामा दिए भईहाल्यो नि । ’
यस्तै, अर्का एक स्थानीयले बस्ती बढ्दै गएपछि कपनमा समस्या पनि बढ्दै गएको बताए । उनले भने, ‘स्वतन्त्र खहरे स्थानीय मिलेर हिम पाईप राखियो त्यो बेला बस्ती थोरै थियो । केही परक परेको थिएन । जब जबर्जस्ती बढ्दै गयो तब तब खतरा पनि बढ्दै गयो ।’
बुधबार स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । स्थानीयको विरोधपछि डोजर चल्न दिइएको थिएन ।
प्रतिक्रिया