मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सिसिको पल्सर मोटरसाइकलसहित दुईजनालाई आइतबार पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकका २५ वर्षीय रुद्रबहादुर श्रेष्ठको उजुरीका आधारमा नम्बर प्लेट परिवर्तन गरी बा ९९ प ४११४ नम्बरको कालो रंगको मोटरसाइकल चलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

सो मोटरसाइकल सिन्धुपाल्चोक घर भई साँखु बस्दै आएका विक्रम भन्ने भुवनराज श्रेष्ठले दिएको खुल्न आएको छ ।

हराएको निवेदनको आधारमा सुचना संकलन र हुलियाका आधारमा हराएको मोटरसाइकल र चोरीमालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त जगातीमा पठाइएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

Logo