अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ

अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ

केन्द्रबिन्दु
0
Shares

वैदेशिक रोजगारीको लागि अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाकाे बिर्तामोड स्थाई घर भई हाल काठमाडौँ सिनामंगल बस्ने  २५ वर्षिय सुधा चौधरी रहेकी छिन्। 

चौधरीले उत्तमराज वंशीलाई वैदेशिक रोजगारीको लागि अल्वानिया पठाइदिने प्रलोभनमा पारी २ लाख ७२ हजार रुपैयाँ ठगी गरेकी हुन्।

प्रहरीले चौधरीलाई खोजतलास गर्ने क्रममा सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताए।

Logo