तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८०असाेज २ गते मंगलबार। १९ सेप्टेमबर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। स्वादिष्ट भोजन पाइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। पुँजी बजारमा पनि फाइदा हुनेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
सरकारी निकायको भय रहला। व्यवसायमा नोक्सानी बेहोर्नुपर्नेछ। परिवारमा झैझमेलाको अवस्था आउला,साँझमा शुभ समाचार पाइनेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
अरुलाई प्रभावित पारेर काम बन्नेछ। मनोरञ्जनमा सहभागी भइएला। पारिवारिक सद्भाव बढ्नेछ। व्यापारव्यवसायमा पर्याप्त लाभ मिल्नेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
बन्न लागेको काम बिग्रनेछ। प्रेममा बाधाका साथै मन कमजोर रहला। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। आफन्त सँग भेट घाट हुनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। आँटेको र ताकेको कार्य पुरा होला।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। कला र गलाको प्रभाव पनि बढ्नेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ। ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। वैदेशिक कार्य चैं सम्पादन हुनसक्छ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
नयाँ कार्यको थालनी हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। पदोन्नतिको सम्भावना प्रबल छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज रोकिएको धन पाइन सक्छ। धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। अतिथिको रूपमा सत्कार पनि पाइनेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज शुभ समाचार सुन्न पाइएला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। राज्यबाट मान सम्मान पाइनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। आकस्मिक धन लाभ हुनेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। प्रेम जीवन सुखमय नै हुनेछ।
 

Skip This
Skip This
Logo