जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

भक्तपुर नगरपालिका-७ इनाचो बस्ने हर्क रत्न शाक्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने भारत पश्विम बंगाल कोलकोता घर भएका २८ वर्षीय देव परमणीसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ। 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार ७ सय ४५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।  

Logo