आज २०८०असाेज ३ गते बुधबार। २० सेप्टेमबर २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। भौतिक साधन जुटाउने समय छ। श्रमको उचित मूल्याङ्कन पनि हुनेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन्।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। आफन्तको सहयोग पनि पाइनेछ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज गरेका काममा ढिलासुस्ती हुनेछ। सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोबारमा सफलता मिल्नेछ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ। धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ, तर स्वास्थ्य प्रति भने सतर्कता अपनाउनुपर्छ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज भाग्यले विभिन्न अवसर जुराउने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। मित्रसँग भेटघाट हुनेछ र घुमफिरमा आकर्षण बढ्नेछ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्। शुभकार्यको चर्चा पनि चल्नेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज आलस्य र थकानको अनुभूति हुनेछ। व्यक्तिगत स्वास्थ्य र यात्रा प्रति सतर्क रहनु पर्नेछ,तर आफन्तको साथ र सहयोग मिल्नेछ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ। आस्था, धर्म, तथा समाजसेवामा मन लाग्नेछ। नयाँ कमको योजना समेत बन्ने देखिन्छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज जोशजाँगर र हिम्मत बढ्नेछ। व्यवसाय बढाउने वा नयाँ रोजगारीको योजना बन्नेछ। गरेको कामबाट दोहोरो लाभ पनि मिल्नेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्नेछ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। अनावश्यक धन खर्च हुनेछ,तर राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा भने सफलता मिल्नेछ।































प्रतिक्रिया