तपाईको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाईको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८०असाेज ५ गते शुक्रबार। २२ सेप्टेमबर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
मन खिन्न हुने स्थिति आउनेछ। कार्य सम्पादनमा सहजता नमिल्ला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। स्वास्थ्यप्रति सजग रहनुहोला।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ। आर्थिकस्तर माथि हुनेछ। छोटो यात्रा तथा मान सम्मान मिल्नेछ। अधुरो काम पनि बन्न सक्छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। सवारी साधनको खरिद बिक्री हुने योग छ। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज प्रेममा बाधाका साथै मन कमजोर रहला। घर परिवारमा झैझमेलाको अवस्था आउला। दिनको उत्तरार्धमा धन खर्च बढ्न सक्छ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। रोमाञ्चक यात्रा होला। प्रेमीको सहयोग प्राप्त हुनेछ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज श्रमको उचित मूल्याङ्कन हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभ समाचार सुन्न पाइएला।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
राज्यबाट मान सम्मान पाइनेछ। कुटुम्बको सहयोग मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
चोटपटकबाट जोगिनु पर्नेछ। कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने सम्भावना छ। अनावश्यक काममा सहभागिता जनाइने छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज माया प्रेममा सामीप्यता बढ्नेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ। शुभ समाचार पनि सुन्न पाइएला।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज परिवारमा सुख सन्तोष छाउनेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक भइनेछ, तर अति प्रिय व्यक्तिको यादले सताउन सक्छ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज पारिवारिक सद्भाव बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। आकस्मिक धनलाभ हुनेछ। महिला वर्गबाट सहयोग पनि मिल्नेछ।

Skip This
Skip This
Logo