मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश

मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश

केन्द्रबिन्दु
0
Shares

सर्लाही जिल्ला प्रशासन कार्यालय मलङ्गवाले मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर साविक मलङ्गवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ।

पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्प(सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी बिहीबार राति १० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo