इन्द्रजात्राका लागि भक्तपुरको चित्तापोलदेखि ल्याइएको ३२ हातको लिङ्गो तानेर नगर प्रवेश गराइएको छ ।
शनिबार बिहानको शुभसाइतमा भोटाहिटीबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका पुर्याइएको हो भने साँझ स्थानीयले दीप प्रज्वलनसहित पूजा गरेका छन् । इन्द्रजात्रा कालभैरव मन्दिरको अगाडि लिङ्गो गाडी इन्द्रको ध्वजा फहराएपछि उपत्यकामा इन्द्रजात्रा सुरु हुन्छ ।
हनुमानढोका ठड्याइएको लिङ्गो ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ ।
राजा गुणकामदेवले इन्द्रजात्रा उत्सव मनाउन शुरु गरेको मान्यताका साथ काठमाडौंका महानगरबासी नेवार समुदायले इन्द्रजात्रा उत्सव मनाउने परम्परा छ । यसै दिनमा राजा जयप्रकाश मल्लले कुमारी यात्रा प्रारम्भ गरेका थिए ।





























प्रतिक्रिया