असन क्षेत्रमा भारी बोक्दै गुजारा चलाउने दुई मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अन्दाजी ३५ वर्षका अर्का एक युवक रहेका छन्।
महानगरीय प्रहरी वृत्त जनसेवाले शुक्रबार बिहान उनीहरुलाई अस्पताल पुर्याएपछि उपचारका क्रममा मृत्यु भएको हो। पहिचान खुलेको थामीको शव परिवारले जिम्मा लिइसकेका छन् । अर्का पहिचान खुल्न बाँकी पुरुषको शव भने पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया