आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० कात्तिक ४ गते शनिबार। २१ अक्टोबर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ। नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ। साथीभाइसँग असमझदारी बढ्ला। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ। कृषि कार्यबाट लाभ मिल्नेछ। आफन्त सँग भेट घाट पनि हुनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन्। प्रेममा मनमुटावका साथै मनमा शङ्का पनि उत्पन्न हुनेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज यात्रा गर्दा सचेत हुनुपर्नेछ। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। झन्झटिलो काम लिनुपर्ला। नजिकका व्यक्तिबाट विश्वासघात होला।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
नयाँ कामको थालनी या योजना बन्ला। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
लगानीमा रहेको रकम फिर्ता आउनसक्छ। विपरित वर्गसँग भेटघाट, साथ र सहयोग मिल्नेछ। शत्रु र विपक्षीहरू पनि पराजित हुन सक्छन्।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज विद्या र नयाँ ज्ञान बढ्नेछ। सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ। आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ। शुभ समाचार सुन्न पाइएला। सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज सामाजिक प्रसिद्धि प्राप्त हुनेछ। वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ। बहुप्रतीक्षित इच्छा र उद्देश्य सफल हुनसक्छन्।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। रोकिएको धन र व्यापार, व्यवसायमा लाभ मिल्नेछ। पारिवारिक सद्भाव पनि बढ्नेछ।

Logo