दसैँको सातौं दिनः आज फूलपाती भित्र्याइँदै

दसैँको सातौं दिनः आज फूलपाती भित्र्याइँदै

केन्द्रबिन्दु
0
Shares

बडा दसैँको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ। आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्र्याउने गरिन्छ। जसलाई फूलपाती भित्र्याउने भनिन्छ।

दसैँघरमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ। फूलपातीका दिन गोरखाबाट काठमाडौँको वसन्तपुरमा फूलपाती ल्याउने गरिन्छ। 

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू,गुर्जुका पल्टन,ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ। 

Logo