आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइयो

आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइयो

केन्द्रबिन्दु
0
Shares

आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन कोशी प्रदेशका  प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाइएको छ।

प्रदेश प्रमुख खापुङलाई आयोगका अध्यक्ष रामबहादुर थापा मगरले संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०७९-८० को प्रतिवेदन बुझाएका हुन्।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै संघीयतालाई बलियो आयोगको ठूलो भूमिका रहेको बताए। उनले मूल रुपमा मुलुकमा साम्प्रदायिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्ने बताए।

आयोगका अध्यक्ष थापा मगरले प्रदेशका आदिवासी जनजाति समुदायको सार्वभौम अधिकार वार्ता सम्बादको माध्यमबाट समाधान गर्न अनुरोध गरे। यसअघि प्रदेश प्रमुख खापङलाई थारु आयोगका सदस्य भोलाराम चौधरीले  आयोगको पाँचौ वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका थिए।

Logo