मोरङको धनपालथान गाउँपालिकाबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरीको गस्ती टोलीले पेस्तोलसहित उनलाई शुक्रबार राति पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार धनपालथान गाउँपालिका २ मा रोकिराखेको स्कारियो गाडीभित्र कपडाले बेरेको अवस्थामा गोलीसहित पेस्तो पेला परेको थियो।
पक्राउ पर्ने सर्लाहीको हरिपूर्वा गाउँपालिका-७ का २७ वर्षीय रविन्द्रकुमार यादव छन्। बीआर ०६ पिए १३६३ नम्बर भारतीय स्कारपियो गाडी र पेस्तोलसहित यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































प्रतिक्रिया