तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
0
Shares

२०८० कर्तिक ५ देखि कार्तिक ११ गतेसम्मको राशिफल । 

ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन् । वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ । हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं।  साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ । तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाइ सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ । हामीले दिएको उपाय गर्नु भो भने यो साता तपाईंको लागि एकदम राम्रो बित्ने छ । 

हेर्नुहोस्, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल-

मेष राशि 
मेष राशि हुनेहरुको लागि यो साता कुनै नयाँ काममा लगानि गर्दा राम्रो हुने छ । साताको सुरुवातमा तपाईका लागि राम्रो स्वास्थ्य, करियर वृद्धि र आर्थिक लाभको योग रहेको छ । यद्यपि साताका अन्तिम दिनहरूमा भने स्वास्थ्य समस्या, कम आत्मविश्वास र सम्भावित अवरोधहरूका साथ चुनौतीपूर्ण हुन सक्छ । आफ्नो बारेमा सचेत रहेर ठूलो जोखिम लिनबाट जोगिनुपर्नेछ । 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि दुर्गा चालिसाको नियमित जप गर्नुस्, तपाईंको यो साता राम्रोसँग बित्ने छ ।

वृष राशि 
वृष राशि हुनेहरुको लागि यो साता पुरानो कामहरु बन्ने छ । साताको सुरुवातमा आफूले गरेका पुराना कामहरुलाई निर्क्ष्ण गर्ने समय हो । तपाईंलाई नयाँ कुराहरू सिक्न र आफ्नो ज्ञान विस्तार गर्न थप रुचि मिल्नेछ । यद्यपि, तपाईंले केही आर्थिक चुनौतीहरू र कठिन सम्बन्धको सामना गर्नुपर्ने हुन्छ । आफ्नो खर्चको बारेमा सचेत रहनुहोला र आफ्नो प्रियजनहरु संग कुनै पनि विवाद छ भने  समाधान गर्ने प्रयास गर्नुहोला, तपाईंको लागि लाभ मिल्नेछ । खानपिनमा पनि ध्यान दिनुहोला । 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि शुक्रबारकाे दिन गाईलाई रोटी तथा चारो खुवाउनुहोस्, दुर्गा चालिसा नियमित जप गर्नुस्, तपाईंको यो साता राम्रोसँग बित्ने छ ।
 
मिथुन राशि  
मिथुन राशि हुनेहरुको लागि यो साता भावानामा आएर कुनै काम नगर्नुहोला । तपाईको लागि साताको सुरुवात चुनौतीपूर्ण रहेको छ, कम प्रेरणा, काममा कठिनाई र सम्भावित असफलताहरू देखिने छ्न  धैर्य र दृढ रहनुहोस् । आफ्ना प्रियजनहरूबाट समर्थनको लागि सहयोग लिन सक्नु हुने छ । साताको अन्तिम दिनहरु तपाईका लागि धेरै सकारात्मक छन् । पारिवारिक सम्बन्धमा सुधार आउनेछ, काममा नयाँ अवसर मिल्नेछ । 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हरेक दिन ॐ के केतवे नम १०८ जप गर्नुस्, तपाईको यो साता राम्रोसँग बित्ने छ ।

कर्कट राशि  
कर्कट राशि हुनेहरुको लागि यो साता तपाईको पुरानाकामहरु बन्ने छन् । साताको सुरुवात सकारात्मक रहनेछ, ऊर्जा, ध्यान र कार्यमा सफलता बढ्नेछ ।  तपाईंले यात्रा तथा नेटवर्किङका लागि अवसरहरू पनि पाउन सक्नुहुन्छ । साताको अन्तिम दिन मिश्रित रहनेछ, तपाईको यो समय परिवारीक रहेन छ । तपाईं उच्च अध्ययन वा लगानीको लागि पनि योजना बनाउन सक्नुहुन्छ । आफ्नो खर्चमा ध्यान दिनुहोस् र अनावश्यक तर्कहरूबाट बच्नुहोला वादविवादबाट टाढा रहनुस् ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रत्येक दिन ॐ नम शिवाय मन्त्र जप गर्नुस्, तपाईंको यो साता राम्रोसँग बित्ने छ ।

सिंह राशि 
सिंह राशि हुनेहरुले यो साता आराम गरेर घरपरिवारलाइ समय दिनु उचीत देखिन्छ । साताको शुरुवात सकारात्मक रहनेछ, साथै खुशी, शान्ति मिल्ने छ ।  तपाईं पैसा बचत गर्न र आफ्नो घर व्यबहार धान्न  सक्षम हुन सक्नुहुन्छ । तर, साताको अन्तिम दिन चिन्ता, बेचैनी के गरौ कसो गरौ भनि चुनौतीपूर्ण रहन सक्छ ।  आफ्नो विचार र भावनाहरु को बारेमा ध्यान दिनुका साथै प्रियजनहरुलाई समय दिनु उपयुक्त हुनेछ । 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ घृणि सूर्याय नम मन्त्रको दैनिक बिहान ५१ पटक जप गर्नुस् सबै पोजिटिभ हुँदै जान्छ । आइतबार सूर्यलाई जल चढाउनुस् तपाईंको यो साता राम्रोसँग बित्ने छ ।

कन्या राशि 
कन्या राशि हुनेहरुको लागि यो साता राम्रो रहेको छ । साताको शुरुवातमा सकारात्मक रहेको छ, तपाईंमा जोश, आत्मविश्वास बढ्नेछ ।  व्यापार र कार्यस्थलमा नयाँ अवसरहरू मिल्नेछ । साताको अन्तिम दिनहरू तपाईंको लागि सकारात्मक रहनेछ । परिवार र जीवनसाथीको सम्बन्धमा सुधार आउनेछ । यद्यपि, आफ्नो लगानीमा ध्यान दिनुहोस् र बादबिबादबाट टाढा रहनुहोस्। 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ बुधाय नम मन्त्र जप गर्नुस् तपाईको यो साता राम्रोसँग बित्ने छ ।

तुला राशि 
तुला राशि हुनेहरुको लागि साताको सुरुवात आलस्य, स्वास्थ्य समस्या, आर्थिक कठिनाइले चुनौतीपूर्ण  रहने छ ।  आफ्नो खर्चमा ध्यान दिनुहोस् र विवादबाट टाढा रहनुहोस्। यो  कठिन समयमा तपाईंले आफनो मद्दतको लागि आध्यात्मिक मार्गदर्शन खोज्नुहोस् । आफ्नो तथा बुवाको स्वास्थ्यमा ध्यान राख्नुस डाक्टरको सल्लाह बमोजिम अगाडी बढ्नुहोला । 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नमो भगवते बासुदेवाय नम नियमित जप गर्नुस् तपाईको यो साता राम्रोसँग बित्ने छ ।

वृश्चिक राशि   
वृश्चिक राशि हुनेहरुले यो साता पुरानो ऋण तिर्न सफल हनेछन् । साताको सुरुवात सकारात्मक रहेपनि व्यापार तथा कार्यस्थलमा भने सफलता मिल्नेछ । तपाईंले पदोन्नति र पुरस्कार पनि प्राप्त गर्न सक्नुहुन्छ । यद्यपि, आफ्नो खर्चहरूमा ध्यान राख्नुहोस् र आवेगपूर्ण निर्णयहरू लिनबाट जोगिनुस् । साताको अन्तिम दिनहरू पनि तपाईको लागि सकारात्मक रहेको छ । नयाँ योजना र पारिवारिक व्यवसायको विकासका लागि सहयोग मिल्नेछ । 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि मंगलबार हनुमान चालिसाको ११ पटक पाठ गर्नुस्, गरिबहरुलाइई मिठो भोजन गराउनुहोस् । तपाईंको यो साता राम्रोसँग बित्ने छ ।

धनु राशि   
धनु राशि हुनेहरुको लागि यो साता शान्त रहनु उपयुक्त हुने छ । हतारमा कुनै काम नगर्नुहोला । साताको शुरुवात सकारात्मक रहनेछ, काममा सफलता मिल्नेछ जसले गर्दा नयाँ अवसरहरू प्राप्त हुनेछन्।  अधिक काम र तनावबाट सावधान रहनका साथै आफ्नो स्वास्थ्य र परिवारको ख्याल राख्नुहोला ।  साताको अन्तिम दिनहरू तपाईंका लागि चुनौतीपूर्ण हुनसक्छन् । तपाईंलाई ध्यानको कमी र जिम्मेवारीहरू पूरा गर्न कठिनाई हुने छ । आफ्ना प्रतिद्वन्द्वीहरूबाट सजग रहनुहोस् र नयाँ लगानी गर्नबाट जोगिनुहोला ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नम शिवाय  मन्त्रको नियमित जप गर्नुस्, सोमबार शिवजीलाइ जल चढाउनुस् तपाईंको यो साता राम्रोसँग बित्ने छ ।

मकर राशि   
मकर राशि हुनेहरुले यो साता नियमित कसरत गर्नुस् खानपिनमा ध्यान दिनुस स्वस्थ्य राम्रो हुनेछ । गत हप्ताका चुनौतिहरू समाप्त भएका छन् । काममा सफलता मिल्नुका साथै यात्रा को अवसर मिल्नेछ । साथीभाइबाट पनि मार्गदर्शन मिल्नेछ ।  
तपाईंको आर्थिक स्थितिमा सुधार आउनेछ र तपाईले परिवार र प्रियजनहरूसँग गुणस्तरीय समय बिताउनुहुनेछ । 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसा नियमित एक पाठ गर्नुस्, तपाईको यो साता राम्रोसँग बित्ने छ ।

कुम्भ राशि
कुम्भ राशि हुनेहरुको लागि यो साताको सुरुवातमा आलस्यता आउने छ । उदासी र आफ्ना भावनाहरू व्यक्त गर्न कठिनाइसंगै चुनौतीपूर्ण हुनेछ । आफ्नो बोलीमा ध्यान दिनुका साथै नयाँ कार्यमा सावधानी अपनाउनुहोला । साताको अन्तिम दिनहरु धेरै सकारात्मक रहनेछन्, काममा नयाँ अवसर मिल्नेछ साथै ठूला ठूलाबाट सहयोग मिल्नेछ जसले गर्दा सम्बन्धमा सुधार आउनेछ । 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसा नियमित एक पाठ गर्नुस्, तपाईको यो साता राम्रोसँग बित्ने छ ।

मिन राशि
मिन राशि हुनेहरुको लागि यो साता आम्दानीको हिसाबले राम्रो रहेको छ तर खर्चमा भने नियन्त्रण गर्नुपर्ने हुन्छ । साताको प्रारम्भ सकारात्मक रहनेछ, घरेलु सद्भाव राम्रो रहनेछ, काममा सफलता मिल्नेछ र नयाँ अवसरहरु मिल्नेछन् । साथीभाइ र परिवारबाट पनि सहयोग प्राप्त हुन सक्छ। साताको अन्तिम दिनहरू पनि सकारात्मक छन्, आध्यात्मिक उन्नति, ठूला ठूलाबाट मार्गदर्शन मिल्ने छ । सम्बन्धमा खुशी मिल्नुका साथै रोकिएका आयोजनाहरूमा पनि प्रगति देख्न सकिनेछ ।    

यो साता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नम शिवायको प्रतेक दिन जप गर्नुस्, यो साता राम्रोसँग बित्ने छ ।

Skip This
Skip This
Logo