देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो।
बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
विभागले राति देशको पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।































प्रतिक्रिया