यस्तो छ माझी समुदायले फूलपातीका दिन घोर्माली पूजा गर्नुको कारण

यस्तो छ माझी समुदायले फूलपातीका दिन घोर्माली पूजा गर्नुको कारण

केन्द्रबिन्दु
0
Shares

माझी समुदायले समुदायले हरके बडादसैँको फूलपातीको दिन घोर्माली पूजा गर्ने गर्दछन्।

फूलपातीको दिन माझी समुदायका मानिसहरू नदी किनारमा भेला भई सो पूजा गर्ने गर्दछन्। हरेक घरबाट कुखुराको भाले, पोथी र अण्डा तथा पूजा सामाग्री र अन्य प्रसादी लगेर पूजा गर्ने प्रचलन रहेको छ। 

यस्तो छ घोर्माली पूजा गर्नुको कारण 

घोर्माली भनेको लेककी भोटेनी हो। कहावत अनुसार रामेछापको सित्खा आसपासबाट सुनकोसीमा बग्दै आएकी घोर्मालीलाई नदीमा जाल खेल्दै गएका कासे माझीले फेला पारेछन्। 

नदीले बगाएर ल्याएकी ती अति सुन्दरी महिलालाई देखेपछि मन थाम्न नसेकेर कासे माझीले महिलासँग शारीरिक सम्बन्ध राखेछन्। शारीरिक सम्बन्ध राख्ने क्रममा ती महिलाको सरिरमा रहेको अरिङ्गालले कासेलाई पनि टोकेपछि उनका पनि मृत्यु भएछ। 

कासेको ज्यान गए पनि घोर्मालिको गर्भ आए छ। मृतक महिलाको गर्भ आए पनि बच्चा जन्मिन सकेन। गर्भमा आएको बच्चाले पनि जन्म लिन सकेन  जसले गर्दा तिनै जनाको मृत्यु भयो।

मृत आत्माले माझी समुदायलाई दुःख दिन लागेपछि उनीहरूलाई बुझाउन घोर्माली पूजा गर्न लागिएको मन्थलीका सेते माझी बताउँछन्। सो पूजालाई लेकाली पूजा पनि भनिन्छ। 

फूलपातीका दिन बिहानै गाउँका मानिसहरू नुहाइधुवाई गरेर नदी किनारमा जम्मा हुन्छन्। त्यस पछि घरघरबाट कुखुराको भाले, पोथी र अण्डाका साथै फलफूल, नैवेत लिएर नदीमा पुग्छन्।

विधिपूर्वक घोर्माली पूजा गरेर घर घर फर्किएर फर्किएपछि तुल्याई बनाई खाने मन्थलीका बालकृष्ण माझीले बताए। ‘माझी समुदायका मौलिक पर्व मध्ये यो पनि एउटा पर्व हो’, उनले भने।

Skip This
Skip This
Logo