धादिङमा ८० मिनेटको अन्तरमा भूकम्पका चार धक्का मापन गरिएको छ। आइतबार बिहान चार म्याग्निच्युडदेखि माथिका चार धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।
केन्द्रका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका–५, खरी आसपास केन्द्रविन्दुको ६.१ म्याग्निच्युडको धक्का मापन गरिएको थियो। त्यसको २९ मिनेटपछि अर्थात् ८ बजेर ८ मिनेटमा सल्यानटार आसपास केन्द्रविन्दु भएको ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएकाे छ। बिहान ७ बजेर ३९ मिनेटमा ज्वालामुखी गाउँपालिका-५, खरी आसपास केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको धक्कापछि पहिरो खसेको हो।
ज्वालामुखी गाउँपालिका-५, बुङकोटघाटस्थित सिम्लेमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी गराएको छ। पहिरोका कारण भने कुनै क्षति भएकाे छैन। भूकम्पका कारण ज्वालामुखी-५, कुमलटारीका ५२ वर्षीय भक्की कुमालको कच्ची घरको पछाडि भागको भित्ता भत्किएको छ।
सोही ठाउँका ३६ वर्षीय रमेश कुमालको कच्ची घरको पछाडिको भित्ता भत्किएको छ। ज्वालामुखी–५, कुमलटारीकै ५० वर्षीय पुन्टे कुमालको घरको भित्ता चर्किएको र खाना पकाउने चिम्नी बांगिएको छ।































प्रतिक्रिया