देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। केही प्रदेशमा हिमपात समेत हुनेछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। विभागले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।विभागका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ।































प्रतिक्रिया