दसैँसँगै गाउँघरमा चहल पहल बढ्यो

दसैँसँगै गाउँघरमा चहल पहल बढ्यो

केन्द्रबिन्दु
0
Shares

टीकापुरकी चन्द्रादेवी शाहीका छोराबुहारी ६ वर्षपछि दसैँ मनाउन घर फर्किएका छन्। भारतमा रहेका उनीहरु घर फर्केपछि चन्द्रादेवीको खुशीको सीमा छैन। 

‘अहिलेसम्मकै रमाइलो दसैँ भएको छ। यस वर्ष म निकै खुशी छु’, उनि भन्छन्, ‘बालबच्चा सहित भारतमा बस्ने छोरा घर फर्किएको छ। यस वर्ष परिवारसँग रमाइलोसँग मनाउन थालेका छौँ।’

टीकापुर ब्लक नं. १६ का  नवराज कुँवरलाई नवदूर्गाको पूजाआजा गर्न पाउँदा, सबै आफन्तसँग भेटघाट हुँदा रमइलो लाग्छ ‘दसै विशेष लाग्छ, नवरात्रमा ब्रत बस्ने, पूजाआजा गर्ने, मन्दिर दर्शन गर्ने कार्य राम्रो लाग्छ’, उनले भने, ‘‘पारिवारिक जमघट र आर्शीवाद लिने र दिने कार्य निकै रमाइलो लाग्छ।’

कैलालीकी राजकुमारी चौधरीलाई दसैँ विशेष लाग्छ। उनलाई दसैँमा गरिने नाचगान, खानपान रमाइलो हुनुका साथै गाउँ नै उत्साहित भएजस्तो लाग्छ। ‘थारु गाउँमा दसैँको अवसरमा एक महिनासम्म नाचगान हुन्छ, थारु समुदाय आपफ्नो पोशाक लगाएर संस्कृति झल्कने,मौलिक भाषामा गीत गाएर, मादलको तालमा गाउँमा नाचगान हुन्छ’’, उनले भने, ‘त्यसैले दसैँ विशेष लाग्छ।’
    
स्थानीय केशर उपाध्यायलाई पनि दसैँ विशेष लाग्छ। ‘दसैँसँग हाम्रो संस्कृति, सभ्यता र परम्परा जोगिएको छ’, उनि भन्छन्, ‘वर्षभरि भेट नभएका आफन्त भेटिने भनेकै दसैँमा हो।’

दसैँमा सबै परिवार जम्मा हुने, नयाँ लुगा लगाउने, मीठा परिकार खाने, नाचगान तथा रमाइलो गर्ने भएकाले दसैँ रमाइलो लाग्छ। लक्ष्य साउँदलाई पनि दसैँ आर्शिवाद दिने र लिने पर्व भएकाले महत्वपूर्ण लाग्छ। उनलाई हुने खानेले धुमधाम गर्ने नहुनेले अभाव झेल्ने कुरालाई राम्रो लाग्दैन। 

ठूला मानिस भन्दा बालबालिकालाई दसैँमा अझ रमाइलो लाग्छ। दसैँमा विद्यालय समेत विदा हुने, घुमघाम गर्न र मीठा परिकार खान पाइने भएकाले बालबालिका अझ रमाउँछन्।

कक्षा ९ मा अध्ययनरत बालक योगेश साउँद दसैँमा नयाँ कपडा पाइने, विभिन्न ठाउँमा अभिभावकसँग घुम्न पाउँदा निकै रमाइलो लाग्छ। ‘यस वर्ष पनि बाबा आमाले घुम्न लैजाने भन्नुभएको छ।’

दसैँ मनाउन नमिल्ने परिवारलाई भने दसैँले खासै उत्साह दिँदैन। अन्यले दसैँ मनाउँदा मनाउन नपाउने परिवारलाई भने नरमाइलो पनि हुन्छ। टीकापुरकी धनशोभा रावलको घरमा यस वर्ष दसैँ छैन तर पनि उनि गाउँघर झिलिमिली भएको देखेर रमाएको छ  

Logo