दसैंको टीका लगाउनेक्रम शुरु

दसैंको टीका लगाउनेक्रम शुरु

केन्द्रबिन्दु
0
Shares

दशैँको टीका लगाउनेक्रम शुरु भएको छ । यस वर्षको विजया दशमीको साइतको टीका लगाइएको छ । साइतमै लगाउनेहरुले बिहान ११ बजेर २ मिनेटको उत्तम साइतमा टीका लगाएका छन् ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता समेत रहेको छ । धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार टीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनु उत्तम हुनेछ । त्यसअघि बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जन गरिएको छ ।

नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाउने गरिन्छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । टीका थाप्न मान्यजन र आफन्तकहाँ पुग्नेहरुको चहलपहल पनि शुरु भएको छ ।

साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरुको सडकमा चहलपहल शुरु भएको हो । दशैँअघि नै लाखौँ मानिस काठमाण्डौ उपत्यकाबाहिर गएकाले अरु बेलाभन्दा केही सुनसान छ । 

Logo