विद्रोही समूह हमासको आक्रमणमा परी निधन भएका पाँचजना नेपालीको शव पहिचानका लागि उनीहरुको आमा बाबुको डीएनए इजरायल पठाइएको छ।
हमासको आक्रमणमा परी निधन भएका १० जना नेपालीमध्ये पाँच जनाको शव नेपाल आइसकेको छ। पाँच जनाको शव पहिचान हुन नसक्दा नेपाल पठाउन समस्या भइरहेको छ। पाँच नेपालीहरुको पहिचान गर्न उनीहरुका आमा बाबुको डीएनए स्वाब इजरायल पठाइएको हो।
उक्त आक्रमणमा परेर निधन भएका धनुषा सापही-६ का आनन्द साह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारीको शव पहिचान हुन सकिरहेको छैन।





























प्रतिक्रिया